सुनसरीको राजमार्गमा क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
२०८३ साउन ११ गते

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले राजमार्ग क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । आज राति ९ बजेदेखि लागू हुने गरी अर्को सूचना नभएसम्मका लागि कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरीको देवानगन्जमा एक युवकको मृत्यु भएपछि चर्किएको आन्दोलनले उग्र रूप लिएपछि पूर्व–पश्चिम राजमार्गमा समेत कर्फ्यु जारी भएको हो ।
प्रशासनले राजमार्गको सुरक्षा र सार्वजनिक सम्पत्तिको रक्षाका लागि भन्दै इनरुवा नगरपालिका वडा नं. ३ र ६ को सीमा (महेन्द्र राजमार्ग अन्तर्गतको घोपली टोल), पश्चिममा कोशी ब्यारेजको पुल, उत्तर र दक्षिणमा महेन्द्र राजमार्गदेखि ५०० मिटर क्षेत्रसम्म कफ्यु आदेश जारी गरेको हो ।
यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगन्ज र हरिनगराका ५ वटा मुख्य बजार क्षेत्रमा कर्फ्यू जारी गरेको छ ।
२०८३ साउन ११ गते
प्रतिक्रिया
सम्बन्धित








