२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन

काठमाडौँ । शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा रहेका भारतीय शिक्षाविद् तथा सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि आफ्नो अनशन तोडेका छन् ।

सरकार र सबै राजनीतिक दलका संसद सदस्यहरूबाट असफल परीक्षा प्रणालीमा जवाफदेहिताको मुद्दामा भारतीय संसदको तल्ला सदनमा छलफल गरिने आश्वासन पाएपछि उनले अनशन तोडेका हुन् ।

सरकारले हालै भएको NEET परीक्षाको पेपर लीकका कारण आत्महत्या गरेका पीडित परिवारलाई पर्याप्त क्षतिपूर्ति दिइने र शान्तिपूर्ण रूपमा विरोध गरिरहेका विद्यार्थी तथा युवाहरू विरुद्ध कुनै मुद्दा दर्ता नहुने आश्वासन पनि दिएको छ ।

अनशन तोडेपछि सोनम वाङचुकले ‘भोकको अन्त्य…जवाफदेहिताको सुरुवात।’ भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 2 =