पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीः १० लडाकु मारिए

एजेन्सी । पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा सुरक्षा बलले सञ्चालन गरेको विशेष कारबाहीका क्रममा १० जना लडाकु मारिएका छन् ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) काअनुसार विगत ४८ घण्टामा सुराब र मस्तुङ जिल्लामा गरिएका विभिन्न सैन्य कारबाहीका क्रममा ती लडाकुहरू मारिएका हुन् ।

गुप्तचरी सूचनाका आधारमा गरिएको उक्त संयुक्त कारबाहीका क्रममा सुराब जिल्लामा सात जना र मस्तुङ जिल्लामा तीन जना लडाकु मारिएको सेनाले जनाएको छ । मस्तुङमा भएको कारबाहीका क्रममा सुरक्षा बलले दुई जना महिला आत्मघाती आक्रमणकारी र एक जना सहयोगीलाई समेत नियन्त्रणमा लिएको छ ।

सेनाले मारिएका लडाकुहरूको कब्जाबाट उल्लेख्य मात्रामा हतियार, गोलाबारुद र घरेलु विस्फोटक उपकरण (आईईडी) बरामद गरिएको जानकारी दिएको छ ।

सो क्षेत्रमा लुकेर बसेका अन्य सम्भावित लडाकुहरूको खोजी र पूर्ण सुरक्षा सुनिश्चित गर्न हाल ‘स्यानिटाइजेसन’ अभियान जारी रहेको आईएसपीआरले जनाएको छ । बलुचिस्तानमा सक्रिय सशस्त्र समूहहरूविरुद्ध सेनाले पछिल्लो समय आफ्नो कारबाहीलाई तीव्र पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =