सरकारलाई विश्वासको मत नदिने एमालेको निर्णय

१० बुँदे प्रस्ताव अनुमोदन

काठमाडौं । नेकपा एमालेले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शुक्रबार (आज) बसेको एमालेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ्गले भने— ‘हामीले जिम्मेवार प्रतिपक्षीको रुपमा बस्ने भनेका छौँ । यसो भइसकेपछि विश्वासको मत दिने कुरा त हुँदै भएन नि ।’

यस्तै बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गरेको छ । गत असार २७ गते एमालेको आन्तरिक विवाद समाधान गर्नेगरी १० सदस्यीय कार्यदलले तयार गरेको प्रस्तावलाई अनुमोदन गरेको हो । ‘बैठकले प्रस्ताव अनुमोदन गर्दै सदस्यहरुलाई धन्यवाद भन्यो । अब यसैमा टेकेर एकतातर्फ जाने भनेका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =