स्वास्थ्य बिमा बोर्डद्वारा २५ अर्बभन्दा बढी दाबी भुक्तानी
२०८३ साउन ८ गते

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्ष र २०८२ पुस महिनासम्म स्वीकृत स्वास्थ्य बिमा दाबीबापत रु. २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ भुक्तानी गरेको जनाएको छ।
बोर्डले आर्थिक वर्ष २०८२/८३ मा असोज, कात्तिक र मंसिरसम्म प्राप्त दाबीमध्ये स्वीकृत दाबीको भुक्तानी यसअघि नै सम्पन्न गरिएको थियो। पछिल्लो निर्णयअनुसार २०८२ पुस महिनाको स्वीकृत भएका दाबीहरूको रकम २ अर्ब ४ करोड ८३ लाख ७ हजार ७६९ सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा जम्मा गरिएको हो।
यससँगै आर्थिक वर्ष २०८२/८३ अन्तर्गत पुस महिनासम्मका स्वीकृत दाबीहरूको भुक्तानी सम्पन्न भएको बोर्डले जनाएको छ। स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानी नियमित, पारदर्शी र चरणबद्ध रूपमा अगाडि बढाइरहेको जनाएको छ।
२०८३ साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित








