एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा

काठमाडाैं । प्रतिष्ठित व्यापारिक घराना वैद्य अर्गनाइजेसन अफ इण्ड्रस्ट्रिज एण्ड ट्रेनिङ हाउसका अध्यक्ष सुरज वैद्य अवैतनिक वाणिज्य दूतहरूको संस्था ‘अनररी कन्सुलर कर्प्स नेपाल’ (एचसीसीएन) को डीनमा निर्विरोध निर्वाचित भएका छन् ।

डीन वैद्यले नेपालको आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा एचसीसीएनले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आफ्नो कार्यकालको योजना प्रस्तुत गर्दै वैद्यले एचसीसीएनलाई केवल एउटा ‘क्लब’ को रूपमा मात्र नभई मुलुकको विकासका लागि जिम्मेवार संस्थाका रूपमा अघि बढाउने बताए ।

वैद्यले वर्तमान सरकारले अघि सारेको ‘आर्थिक कूटनीति’ को अवधारणालाई सफल पार्न एचसीसीएनले सरकारसँग काँधमा काँध मिलाएर काम गर्ने बताए । दक्षिण एसियामा नेपालको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को अवस्था न्यून रहेकोप्रति चासो व्यक्त गर्दै उनले लगानीकर्ताहरूलाई नेपाल सुरक्षित गन्तव्य हो भनेर आश्वस्त पार्न एचसीसीएनले सक्रिय भूमिका खेल्ने उल्लेख गरे ।

अवैतनिक वाणिज्यदुतहरूलाई हेर्ने सार्वजनिक दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै उनले संस्थाभित्र व्यावसायिक विकास र तालिमका कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए ।  उनले वाणिज्यदुतहरूको भूमिका सुविधा र ‘निलो नम्बर प्लेट’ मा मात्र सीमित नभई उनीहरूले अन्तर्राष्ट्रिय स्तरमा निर्वाह गरेको भूमिका र नेपालले प्राप्त गरेको सम्मानका बारेमा जनस्तरमा जानकारी गराउनु आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =