ट्रफी बोकेर मेस्सी मुस्काएको दिन

काठमाडौं । मैदान, मेस्सी र मुस्कान नौला कुरा होइनन् । बल खेलाउने र गोल गर्ने जादुयी कला भएका मेस्सीको भद्र स्वभाव सुनमा सुगन्ध झैँ लाग्छ ।

क्लब फुटबल र व्यक्तिगत रुपमा पनि पाउनुपर्ने सबै उपलब्धि चुमिसकेका मेस्सीको एक सपना थियो‚ राष्ट्रिय जर्सीमा उपाधि उचाल्ने ।

ओलम्पिकमा स्वर्ण पदक जिताउनुबाहेक राष्ट्रिय जर्सीमा कप्तान लियोनल मेस्सीको यात्रा बढीमा फाइनलमात्र पुग्न सकेको थियो ।

अर्जेन्टिनाले उपाधि नजितेको करिब ३ दशक पुरा भएको थियो । मेस्सीले योबीचमा अर्जेन्टिनालाई विश्वकपको फाइनलदेखि कोपा अमेरिकामा पटक-पटक फाइनलसम्म पुर्‍याए । अन्तत: फाइनलमा निरन्तरको पराजयको अन्त गर्न अर्जेन्टिना सफल रह्यो भने मेस्सीको देशका लागि ट्रफी जित्ने सपना पनि पूरा भयो ।

Lionel Messi Wins First International Title | VIDEO:How Lionel Messi And Argentina Celebrated Copa America 2021 Win After Beating Brazil 1-0 in Final

अर्जेन्टिना र मेस्सीका लागि मात्र होइन, जुलाई ११, २०२१ को दिन विश्वभरि रहेका मेस्सीका शुभचिन्तकका लागि विशेष महत्वपूर्ण छ । आफ्ना प्रिय खेलाडीबारे आलोचकले भन्ने गरेको ‘मेस्सीले देशलाई केही दिलाउन सकेनन् भन्ने व्यंग्य आजकै दिनदेखि अन्त्य भएको छ । त्यसैकारण पनि मेस्सीको कप्तानीमा अर्जेन्टिनालाई कुनै न कुनै अन्तर्राष्ट्रिय उपाधिसहित उभिएको र मुस्कुराएको क्षण हेर्न पाऊँ भन्ने सपना पूरा भएको दिन पनि हो यो । यो क्षणका लागि उनका प्रशंसकहरू यति व्यग्र थिए कि स्वयम् ब्राजिलका नागरिकले पनि यसपटक बरु आफ्नो देशले हारोस् तर मेस्सीले जितून् भन्ने कामना गरेका थिए ।

Messi pays his debt to Argentina with Copa America title | Sports | The Daily News

उनीहरूप्रति ब्राजिलका कप्तान नेयमार रिसाएनन् मात्र ‘गो टू हेल’ भनेर गाली नै गरे ।

क्लब फुटबलमा सबैखाले उपलब्धि हासिल गरेका मेस्सीले राष्ट्रिय टीमको जर्सीबाट भने सधैं अभागी सावित भइरहेका थिए । व्यक्तिगत रुपमा राष्ट्रिय टीमबाट पनि उनले सबै उपाधि जिते तर जित्न नसकेको ट्रफीका लागि उनले लामो संघर्ष गर्नुपर्यो । अन्तत: उनी जारी प्रतियोगितामा पनि पुनः एकपटक नायक सावित भए । उनी सर्वाधिक गोलकर्ता र प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए र देशलाई च्याम्पियन पनि बनाए ।

आइतबार अर्जेन्टिनालाई महत्वपूर्ण उपलब्धि दिलाउन २२औँ मिनेटमा डी पलको लामो पासलाई एन्जल डी मारियाले गरेको आकर्षक ‘चिप’ नै पर्याप्त भयो । यसअघि १९९३ मा अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको थियो ।

सन् २००५ देखि अर्जेन्टिनाको राष्ट्रिय टीममा रहेका मेस्सीले ३४ वर्षको हुँदा पहिलो अन्तर्राष्ट्रिय ट्रफी जिते । खेल जीवनको उत्तरार्द्धमा आएका मेस्सीका लागि यो प्रतियोगिता ट्रफी जित्ने अन्तिम अवसरका रुपमा हेरिएको थियो ।

Copa America 2021: Best images of Lionel Messi as Argentina end 28-year trophy drought at Brazil's M- The New Indian Express

मेस्सीले कोपा अमेरिकामा छैटौँ पटक सहभागितामा उपाधि सम्भव बनाएका हुन् । सन् २००७ देखि कोपा खेल्दै आएका उनको १५ वर्षपछि उपाधि चुम्ने अवसर पाए ।

उपाधि जितिसकेपछि मेस्सीले आफ्नी श्रीमति र सन्तानसँग मैदानबाटै फोनमा भिडिओकल गरी खुसी साटेका थिए ।

सन् २००७ मा उपविजेता बनेको अर्जेन्टिना २०११ मा क्वाटर फाइनलसम्म पुग्यो । त्यसो त मेस्सीको कप्तानीमा सन् २०१५ र २०१६ मा अर्जेन्टिना फाइनल पुगे पनि उपाधि जित्न असफल भएको थियो ।

२०१९ को च्याम्पियन ब्राजिल घरेलु मैदानमा भने अर्जेन्टिनासँग १-० ले स्तब्ध हुँदै प्रतियोगिताको उपविजेतामा सीमित भयो । मेस्सीले अर्जेन्टिनाको जर्सीमा चार पटक विश्वकप खेल्दा एकपटक टीमलाई फाइनलमा पुर्‍याए । २०१४ मा अतिरिक्त समयमा जर्मनीसँग १-० ले पराजित हुँदा कप्तान मेस्सीको विश्वकप जित्ने सपना पुरा हुन सकेन ।

Copa America Final in Images- Messi lifted in air as Argentina celebrate 1-0 win over Brazil | Football News - Hindustan Times

त्यसो त सन् २००६ मा मेस्सीले पहिलोपटक विश्वकप खेल्दा अर्जेन्टिना क्वाटरफाइनलसम्म पुगेको थियो । सन् २०१० मा पनि क्वाटरफाइनलबाटै बाहिरियो । २०१८ को विश्वकपमा अर्जेन्टिना अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

मेस्सीले विश्वकपमा खेलेका १९ मध्ये १२ खेलमा जित निकाल्दा कोपा अमेरिकामा ३४ मध्ये २१ खेल जितेका छन् । राष्ट्रिय टिमबाट ७६ गोल गरेका मेस्सीले पछिल्लोपटक जुलाई ३ मा भएको कोपा अमेरिका क्वाटरफाइनलको खेलमा इक्वेडरविरुद्ध सानदार फ्रिकीक गोल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *