कोपा अमेरिका : पेरुलाई हराउँदै कोलम्विया तेस्रो

काठमाडौँ । कोपा अमेरिकामा कोलम्विया तेस्रो भएको छ । तेस्रो स्थानको लागि शनिबार बिहान भएको खेलमा कोलम्वियाले पेरुलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

कोलम्वियाको जितमा लुइस डियाजले दुई गोल गरेका थिए भने जुआन कुआड्राडो एक गोल गरेका थिए । डियाजले खेलको ९४औँ मिनेटमा निर्णायक गोल गर्दै कोलम्बियालाई जित दिलाएका थिए । योसँगै डियाजले प्रतियोगितामा चार गोल गर्दै गोल्डेन बुटको दौडमा लियोनेल मेस्सीको ४ गोलसँग बराबरी गरेका छन् ।

त्यस्तै पेरुका लागि योशिमार योटुन र गियानलुका लापाडुलाले एक एक गोल गरेका थिए । यसअघि सेमिफाइनलमा कोलम्विया अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो भने पेरु ब्राजिलसँग पराजित भएको थियो । कोपा अमेरिका अन्तर्गतको फाइनल खेल आइतबार बिहान नेपाली समय अनुसार ५: ४५ बजे हुदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *