मेस्सी कोपा अमेरिकाको सर्वोत्कृष्ट खेलाडी

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । अर्जेन्टिनालाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कप्तान मेस्सी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भएका हुन् ।

याे पनि : अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

बिहान माराकाना स्टेडियममा घरेलु टोली ब्राजिलमाथि १-० को कठिन जित निकाल्दै अर्जेन्टिनाले सन् १९९३ पछि पहिलो उपाधि हात पारेको हो । खेलको २२ औँ मिनेटमा एन्जल डि मारियाले गरेको एक मात्र गोल अर्जेन्टिनालाई उपाधि दिलाउन पर्याप्त बन्यो ।

मेस्सीले यो प्रतियोगितामा ४ गोल गर्नुका साथै ५ गोलका लागि अवसर सिर्जना गरेका थिए । उनले प्रतियोगिताको सर्वाधिक गोलकर्ताको अवार्ड पनि हात पारे । अर्जेन्टिनाका इमिलिआनो मार्टिनेज उत्कृष्ट गोलरक्षक घोषित हुँदा ब्राजिलले फेयर प्ले अवार्ड हात पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *