अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । बिहान सम्पन्न फाइनल खेलमा अर्जेन्टिनाले आयोजक ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जितेको हो ।

अर्जेन्टिनाको जितमा खेलको २२औं मिनेटमा एन्जल डी मारियाले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । ब्राजिलका पटक पटकका प्रयास अर्जेन्टिनाको रक्षा पङ्तीले असफ्ल बनाएको थियो । दुईइवटा उत्कृष्ट प्रहार अर्जेन्टिनी गोलकिपर मार्टिनेजले उत्कृष्ट बचाउ गरे । ८९ औं मिनेटमा मेस्सीले पाएको उत्कृष्ट मौका खेर फाले । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका मेस्सीले आज औसत प्रदर्शन मात्र गर्न सके ।

अर्जेन्टिनाले यस अघि सन १९९३ मा कोपा अमेरिकाको उपाधि जितेको थियो । पछिल्लो पटक २०१५ र २०१६ को कोपा अमेरिकामा फाइनलमा पुगेको अर्जेन्टिना उपविजेता बनेको थियो ।यो जितपछि अर्जेन्टिनाले अहिलेसम्म १५ पटक कोपा अमेरिकाको उपाधि जित्दै अहिलेसम्म धेरै पटक कोपाको उपाधि जित्ने उरुग्वेको बराबरी गरेको छ । आयोजक समेत रहेको डिफेन्डिङ च्याम्पियन ब्राजिल भने उपविजेता बनेको छ ।

प्रतिक्रिया

One thought on “अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

Leave a Reply

Your email address will not be published. Required fields are marked *