किपरले तीनवटा पेनाल्टी छेकेपछि अर्जेन्टिना फाइनलमा

काठमाडौँ । अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाका गोलकपिर इमिलियो नायक भएको खेलको टाइब्रेकरमा कोलम्बियालाई ३-२ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो ।

कोलम्बियाका सान्चेज, मेना र कार्डोनाको प्रहार अर्जेन्टिनाका गोलकिपर इमिलियोले विफल पारेका थिए। अर्जेन्टिनाका रोड्रीगो डी पाउलले पनि पेनाल्टीमा गोल गर्न सकेनन् । निर्धारित ९० मिनेटमा दुवै टिम १-१ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।

यसअघि ९० मिनेटको खेलमा अर्जेन्टिनाका लागि लाउतारो मार्टिनजले खेलको सातौं मिनेटमा गोल गरेका थिए भने कोलम्बियाका लागि लुइस डियाजले खेलको ६१औं मिनेटमा गोल फर्काएका थिए ।

अर्जेन्टिनाले अब फाइनलमा ब्राजिलसँग खेल्नेछ । फाइनल खेल शनिबार बिहान हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *