ब्राजिल कोपा अमेरिकाको फाइनलमा

काठमाडौँ । ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । ब्राजिल बिहान सम्पन्न सेमिफाइनल खेलमा पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

ब्राजिलको जितमा खेलको ३५औं मिनेटमा नेइमारको असिस्टमा लुकास पाक्वेटाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

डिफेन्डिङ च्याम्पियनसमेत रहेको ब्राजिललगातार दोस्रो पटक कोपा अमेरिकाको फाइनलमा पुगेको हो । अब फाइनलमा ब्राजिलले अर्जेन्टिना र कोलम्बियाबीचको बिजेतासँग खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *