कोपाको सेमिफाइनल समीकरण पूरा, खेल कहिले ?

काठमाडाैँ । ब्राजिलमा जारी ४७ औं कोपा अमेरिका फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार बिहान भएका दुई क्वाटरफाइन खेलसँगै सेमिफाइनल समिकरण पुरा भएको हो ।

कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ ले तथा अर्जेन्टिनाले इक्वेडरलाई ३-० ले पराजित गर्दै सेमिफाइनल यात्रा पक्का गरेका छन् । विश्वको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपामा दक्षिण अमेरिकाका १० राष्ट्रलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो । जसमा समूह ‘ए’ बाट अर्जेन्टिना मात्र सेमिफाइनल पुग्न सफल हुँदा समूह ‘बि’ बाट ब्राजिलसँगै पेरु र कोलम्बियाले पनि सेमिफाइनल यात्रा तय गरे ।

पहिलो सेमिफाइनलमा घरेलु टोली ब्राजिलले पेरुसँग पहिलो सेमिफाइनल खेल्दा दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र कोलम्बिया खेल्नेछन् । कोपाको २०१९ को संस्करणमा ब्राजिलले पेरुलाई नै पराजित गर्दै उपाधि जितेको थियो । ब्राजिल र पेरुबीचको खेल मंगलबार बिहान नेपाली समय अनुसार ४:४५ बजे सुरु हुनेछ । यस्तै अर्जेन्टिना र कोलम्बियाबीचको खेल बुधबार बिहान ६:४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *