बोलिभियामाथि अर्जेन्टिनाको शानदार जित

२०७८ असार १५ गते

काठमाडौँ । कोपा अमेरिका अन्तर्गत अर्जेन्टिनाले बोलिभियामाथि सहज जित हासिल गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा लियोनेल मेसीले दुई गोल गरे भने अलेजान्द्रो गोमेज र लाउतारो गोमेजले एक एक गोल गरेका थिए । त्यस्तै बोलिभियाका लागि एरविन साभेड्राले एक गोल गरेका थिए ।
समुह एमा अर्जेन्टिनाले ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । बोलिभिया अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।

२०७८ असार १५ गते
प्रतिक्रिया
सम्बन्धित