भेनेजुएलालाई हराउँदै पेरु क्वाटरफाइनलमा

२०७८ असार १४ गते

काठमाडाैँ । पेरु कोपा अमेरिका फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई १-० ले पराजित गर्दै पेरु अन्तिम आठमा पुगेको हो ।
खेलको ४८ औं मिनेटमा आन्द्रे क्यरिलोले गरेको गोल नै पेरुको जितमा निर्णायक बनेको थियो । पेरुले ४ खेलमा ७ अंक जोड्यो । भेनेजुएला केबल २ अंकसहित पाँचौ स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।

२०७८ असार १४ गते
प्रतिक्रिया
सम्बन्धित