नेयमारबिनाको खेलमा बराबरीमा रोकियो ब्राजिल

काठमाडौँ । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा बराबरी खेलेको छ । सोमबार बिहान ओलिम्पिको फुटबल मैदानमा सम्पन्न भएको खेलमा ब्राजिलले इक्वेडरसँग १-१ को बराबरी खेलेको हो ।

खेलको ३७ औँ मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । उनले इभर्टनको फ्रि किकमा हेड मार्फत् उत्कृष्ट गोल गरेका थिए ।

तर, खेलको ५३ औं मिनेटमा एन्जल मिनाले गोल गर्दै इक्वेडरलाई १-१ गोलको बराबरीमा ल्याए । उनले इनर भ्यालेन्सियाको पासलाई सदुपयोग गरे । योसँगै ब्राजिल अंक बाँड्न बाध्य बनेको हो । यस खेलमा स्टार फरवार्ड नेयमार लगायतलाई विश्राम दिएको थियो ।

समूह ‘बी’ बाट विजेताका रूपमा क्वाटरफाइनल प्रवेश गरेको ब्राजिलले ३ जित र १ बराबरीको नतिजासहित १० अंक जोड्यो । इक्वेडर पनि ३ बराबरी र १ हारको नतिजासहित ३ अंक जोडेर चौथो स्थानमा रहँदै क्वाटरफाइनल प्रवेश गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *