कोपा अमेरिका : उरुग्वे र पाराग्वे क्वाटरफाइनलमा

काठमाडौँ । कोपा अमेरिकाको शुक्रबार समूह ‘ए’ को खेलमा उरुग्वे र पाराग्वेले समान २-० को जित निकालेका छन् । शुक्रबार बिहान सम्पन्न खेलमा उरुग्वेले बोलिभियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

उरुग्वेको जितमा एडिनसन कभानीले एक गोल गरेका थिए भने एक गोल बोलिभियाका कार्लोस लाम्पेले आत्मघाती गोल गरेका थिए । यो जितपछि उरुग्वे नकआउट चरणमा पुगेको छ । उरुग्वेको ३ खेलमा एक जित, एक बराबरी र एक हारसहित ४ अंक भएको छ । त्यस्तै बोलिभियाको भने यो लगातार तेस्रो हार हो ।

अर्काे खेलमा खेलमा पराग्वेले चिलीलाई २-० गोल अन्तरले पराजित गरेको हो । पराग्वेको जितमा ब्राइयन समुडिओ र मिगुएल अल्मिरोनले एक एक गोल गरेका थिए ।

योजितसँगै पराग्वे समुह ए बाट क्वाटर फाइनलमा पुगेको छ । पराग्वेको ३ खेलमा ६ अंक छ भने अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै चिलीको भने ४ खेलमा ५ अंक रहेको छ र यसअघिनै क्वाटरफाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *