कोलम्बियामाथि ब्राजिलको रोमाञ्चक जित


काठमाडौँ । कोपा अमेरिका अन्तर्गत ब्राजिलले कोलम्बियामाथि रोमाञ्चक जित हासिल गरेको छ । बिहीबार बिहान सम्पन्न खेलमा ब्राजिल कोलम्बियालाई २-१ गोलको जित हासिल गरेको हो ।
खेलमा कोलम्बियाले लुइस डियाजको खेलको १०औं मिनेटमा गोलबाट शुरुवाती अग्रता लिएको थियो । त्यस्तै ब्राजिलले भने खेलको ७८औं मिनेटमा रोबेर्टो फिर्मिनोको गोलमा बराबरी गरेको थियो । त्यसपछि खेलको ९० मिनेट पछिको १० मिनेट थपिएको खेलको १०औं मिनेटमा क्यासेमिरोले गोल गर्दै ब्राजिललाई जिताएका थिए ।
समूह बि मा रहेको ब्राजिलको यस जितपछि ३ खेलमा ९ अंक बटुल्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै कोलम्बियाको ४ खेलमा ४ अंक रहेको छ र समूहमा दोस्रो स्थानमा रहेको कोलम्बिया पनि क्वाटरफाइनलमा पुगेको छ ।
त्यस्तै कोपा अन्तर्गत आजै भएको खेलमा इक्वेडर र पेरु २-२ गोलको बराबरीमा रोकिएका छन् । समूह बि मा पेरुको ३ खेलमा ४ अंक रहेको छ भने इक्वेडरको ३ खेलमा २ अंक रहेको छ ।
