पाराग्वेलाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा


काठमाडौँ । कोपा अमेरिका अन्तर्गत अर्जेन्टिनाले पराग्वेलाई पराजित गरेको छ । मंगलबार बिहान भएको खेलमा अर्जेन्टिनाले पराग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
खेलको १० औं मिनेटमा अलेजानड्रो गोमेजले गरेको गोल नै खेलको निर्णायक बन्यो । यो जितसँगै समूह ए मा रहेको अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार बिहान नै भएको खेलमा उरुग्वे र चिली १-१ गोलको बराबरीमा रोकिएका छन् । चिलीका लागि २६औं मिनेटमा एडुआर्ड़ोले गोल गर्दै अग्रता दिलाए पनि ६६औं मिनेटमा चिलीका अर्टुरो भिडालले आत्मघाती गोल गरेपछि खेल बराबरीमा रोकिएको थियो ।
आजको जितपछि अर्जेन्टिनाको ३ खेलमा ७ अंक भएको छ र समुह ए मा शीर्ष स्थानमा रहेको छ । त्यस्तै पराग्वेको भने २ खेलमा ३ अंक रहेको छ र समूहमा तेस्रो स्थानमा रहेको छ । त्यस्तै चिलीको ३ खेलमा ५ अंक रहेको छ र समूहमा दोस्रो स्थानमा रहेको छ भने उरुग्वेको २ खेलमा एक अंक भएको छ ।
