अर्जेन्टिनाबिरुद्ध उरूग्वे अर्थात मेस्सी भर्सेस सुवारेज !


कोपा अमेरिका फुटबलमा शनिबार विहान अर्जेन्टिनाले आफ्नो दोस्रो खेल खेल्दैछ । खेल नेपाली समय अनुसार विहान ५:४५ मा शुरु हुनेछ। पहिलो खेलमा चिलिसँग १-१ को बराबरी खेलेको अर्जेन्टिना दोस्रो खेलमा निश्चित जितका लागि मैदानमा उत्रँदै छ।
आफ्नो पहिलो खेलमा लियोनल मेसीको आकर्षक फ्रि कीक मार्फत अग्रता लिएपनि अर्जेन्टिना बराबरीमा रोकिन बाध्य भएको थियो। केही अवसरहरु खेर फालेको अर्जेन्टिना त्यो खेलका गल्ति सच्याउँदै उरुग्वेविरुद्ध मैदानमा उत्रने छ।
यो खेललाई मेस्सी र सुवारेजबिचको खेलका रुपमा समेत रहेको छ। बार्सिलोनाका पुर्व स्टार सुआरेजले यो सिजन एट्लेटीको मड्रिडबाट खेल्दै क्लबलाई लालिगा च्याम्पियन बनाएका थिए। दुवै खेलाडी ला लिगामा एक समय बार्सिलोनाबाट खेलेका थिए ।
शनिबार बिहानै हुने अर्को खेलमा चिली र बोलिभिया भिड्नेछन् । खेल नेपाली समय अनुसार राति पौने ३ बजे हुनेछ । बोेलिभिया पहिलो खेलमा पाराग्वेसंग पराजित भएको थियो ।
अर्जेन्टिनाले पछिल्ला ६ खेलमा अपराजित रहेपनि जीत भने केवल २ खेलमा मात्र निकालेको छ। बाँकी ४ खेल बराबरी खेलेको छ। उरूग्वेले पनि पछिल्ला ६ खेलमा दुई दुई जित, हार र बराबरी खेलेको छ।
दक्षिण अमेरिकी यी चिर प्रतिद्वन्दिबिच अहिलेसम्म १८९ पटक प्रतिस्पर्धा भएको छ। जसमा अर्जेन्टिनाले ८७ र उरुग्वेले ५७ पटक जितेका छन्। ५७ खेल बराबरीमा सकिएका छन्। पछिल्लो पटक २०१९ को १८ नोभेम्बरमा भएको मैत्रिपुर्ण खेलमा यी दुई टोलीले २-२ को बराबरी खेलेका थिए। २०१६ को विश्वकप छनोटमा उरुग्वेलाई अर्जेन्टिनाले १-० को जित निकालेको थियो । त्यसयता भएका दुबै खेल बराबरी भएका छन्।
प्रतियोगितामा शनिबार बिहानै हुने अर्को खेलमा चिली र बोलिभिया भिड्नेछन् । खेल नेपाली समय अनुसार राति पौने ३ बजे हुनेछ ।
