कोपा अमेरिका : ब्राजिलको सानदार जित

काठमाडौँ । जारी कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत ब्राजिलले लगातार दोस्रो जित हासिल गरेको छ । बिहान सम्पन्न खेलमा ब्राजिलले पेरुमाथि ४-० काे सानदार जित निकालेकाे हाे ।

ब्राजिलले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा ३ गोल थपेको थियो । ब्राजिलको जितमा एलेक्स सानड्रो, नेइमार, एभर्टन रिबेरियो र रिचार्लिसनले एक/एक गोल गरेका थिए ।

योजितपछि समूह ए मा रहेको ब्राजिलको २ खेलमा ६ अंक भएको छ । त्यस्तै आजै सम्पन्न अर्को खेलमा कोलम्बिया र भेनेजुएला गोलरहित बराबरीमा रोकिएका थिए । समुह ए मा कोलम्बियाको २ खेलमा ४ अंक भएको छ भने भेनेजुएलाको ए२ खेलमा एक अंक भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *