कोपा अमेरिकामा दुई खेल हुँदै

२०७८ असार ३ गते

कोपा अमेरिका फुटबलको आफ्नो दाेस्राे खेलमा ब्राजिलले पेरुसँग खेल्दैछ। नेपाली समयअनुसार शुक्रबार बिहान ५ : ४५ बजे शुरु हुने खेलमा ब्राजिल लगातार दोस्रो जितको खोजिमा हुनेछ ।
समूह चरणको पहिलो खेलमा भेनेजुएलाविरुद्ध ३-० को जित निकालेको ब्राजिल पेरुविरुद्ध पनि जीत निकाल्न चाहन्छ । पेरुको भने जारी प्रतियोगितामा यो पहिलो खेल हो।
ब्राजिल र पेरुले समग्रमा ४८ खेल खेलका छन् जसमा ब्राजिलले ३४ खेलमा जित निकाल्दा ५ खेलमा भने पेरु विजयी भएको छ। पछिल्लो पटक २०२० को अक्टोबरमा भएको विश्वकप छनोटमा ब्राजिल ४-२ ले ले विजयी भएको थियो।
प्रतियोगितामा आजै मध्यराती भेनेजुएला र कोलम्बिया खेल्दैछन् । खेल नेपाली समय अनुसार राती २:४५ मा शुरु हुनेछ । कोलम्बिया पहिलो खेलमा जित हात पार्दै ३ अंक जोडेको छ भने भेनेजुएला पहिलो खेलमा ब्राजिलसँग पराजित भएको थियो ।

२०७८ असार ३ गते
प्रतिक्रिया
सम्बन्धित