बागलुङको बादलले रोक्यो मन्त्री बादललाई, फर्किए पोखराबाटै
२०७७ भदौ १८ गते

गृहमन्त्री राम बहादुर थापा। फाइल फोटो।
काठमाडौं । बागलुङस्थित बाढीपहिरो पीडितलाई राहत लिएर संघीय राजधानी काठमाडौंबाट उडेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पोखराबाटै फर्किएका छन् ।
दिउँसोसम्म पनि बागलुङको मौसम नसुध्रिएपछि गृहमन्त्री बादललगायतको टोली पोखराबाटै फर्किएको उनका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।
प्रतिकूल मौसमका कारण सेनाको उक्त हेलिकप्टर बागलुङ जान नसकेपछि एक घन्टाअगाडि पोखरामा अवतरण भएको थियो । बागलुङमा वर्षासँगै बाक्लो कुहिरो भएको कारण आफूहरु बागलुङसम्म पुग्न नसकेको संयोजक भट्टराईले बताए ।
‘बागलुङसम्म पुग्न सम्भव देखिएको थिएन । त्यसैले फर्किने निधो गर्यौं ।’ उनले भने । बागलुङस्थित ढोरपाटन नगरपालिकामा गए राति पहिरो जाँदा ११ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता रहेका छन् ।
२०७७ भदौ १८ गते
प्रतिक्रिया








