सेनाको हेलिकप्टरमा राहत लिएर बागलुङ हिँडे गृहमन्त्री
२०७७ भदौ १८ गते

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा राहत सामग्री लिएर बाढी पहिराेले प्रभावित क्षेत्र बागलुङ हिँडेका छन् । त्यहाँ बिहीबार गएकाे पहिराेकाे अवलाेकन गर्न र राहत सामग्री वितरण गर्न उनी सेनाकाे हेलिकप्टरमा बागलुङ गएका हुन् ।
थापाकाे टाेलीमा बागलुङका सांसद देवेन्द्र पौडेल र राष्ट्रिय विपद प्राधिकरणका सिइओ अनिल पोखरेल पनि छन् ।
बागलुङको ढोरपाटन नगरपालिकामा बाढीपहिराेले ठूलो क्षति पुर्याएको छ । हालसम्म ८ जनाको मृत्यु भएको छ भने ३६ जना अझै बेपत्ता छन् । अरिवरल वर्षासँगै आएको भीषण बाढीपछि बेपत्ता भएकाहरूको अहिले नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीले खोजी जारी राखेको छ ।
२०७७ भदौ १८ गते
प्रतिक्रिया
सम्बन्धित








