ढोरपाटन बाढी/पहिरो अपडेटः बेपत्ता ३६ मध्ये ११ जनाकाे शव भेटियाे

बागलुङ । जिल्लाकाे ढोरपाटन नगरपालिका–९ का देउराली, सुपुरदुङलगायत स्थानमा बुधबार राति आएको बाढी/पहिरोमा बेपत्ता ३६ मध्ये ११ जनाकाे शव भेटिएकाे छ ।

बेपत्ता बाँकीकाे खाेजी कार्य भइरहेकाे जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्र राज पन्तले मकालु खबरलाई जानकारी दिए । ‘बेपत्ता भएका ३६ जनामध्ये ११ जनाकाे शव भेटिएकाे छ । २५ जनाकाे खाेजी कार्य जारी छ’, सूचना अधिकारी पन्तले भने ।

बागलुङको ढोरपाटन नगरपालिकामा बाढीपहिराेले ठूलो क्षति पुर्याएको छ । त्यहाँकाे अवस्था अवलाेकन गर्न र राहत वितरण गर्न गृहमन्त्री रामबहादुर थापा पनि सेनाकाे हेलिकप्टरमार्फत् काठमाडाैंबाट बागलुङतर्फ प्रस्थान गरिसकेका छन् ।

अरिवरल वर्षासँगै आएको भीषण बाढीपछि बेपत्ता भएकाहरूको अहिले नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीले बिहानैदेखि खोजी कार्य जारी राखेको छ । पहिरोले त्यहाँकाे ४० घरमा क्षति पुर्याएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =