ढोरपाटनमा बाढीको बितण्डा: ८ जनाको शव भेटियो, २८ सम्पर्कविहिन [अपडेट]

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकामा बाढीले ठूलो क्षति पुर्याएको छ । स्थानीय धोबीखोलाको बाढी वडा नम्बर ६, ७, ८ र ९ का ३० घर बगाउँदा ३६ जना सम्पर्क विहिन भएका थिए ।

तीमध्ये बिहान ९ बजेसम्म ८ जनाको शव भेटिएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले मकालु खबरलाई जानकारी दिए । ‘बाढीले निकै ठूलो मानविय क्षति गरेको छ,’ प्रजिअ न्यौपानेले भने- ‘मैले पाएको जानकारी अनुसार ४ वडा वडामा गरी झण्डै ३० घर बाढीले बगाउँदा ३६ जना वेपत्ता भएका छन्, तीमध्ये ८ जनाको शव भेटिएको छ ।’

वडा नम्बर ६, ७ र ८ मा उद्धार टोली पुगेपनि ९ नम्बर वडा टाढा भएकाले अझै पग्न नसकेको उनले बताए । अरिवरल वर्षासँगै आएको भीषण बाढीपछि बेपत्ता भएकाहरूको अहिले नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीले खोजी जारी राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *