झण्डै १० कराेड दक्षिण एशियाली बालबालिका गरिबीकाे रेखामुनी पुगेकाे दावि (भिडियाे सहित)

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै झण्डै दश करोड दक्षिण एसियाली बालबालिका गरिबीको रेखामुनि पुगेको युनिसेफले जनाएको छ ।

बालबालिकाका लागि संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफले मङ्गलबार सार्वजनिक गरेको कोरोना भाइरसको दीर्घकालीन प्रभाव नामक प्रतिवेदनमा दक्षिण एसियाका करोडौँ बालबालिका गरिबीको चपेटामा परेको बताइएकाे छ ।

उच्च जनघनत्व रहेको दक्षिण एशियाली क्षेत्रमा पछिल्ला दिनहरूमा सङ्क्रमण बढेकाे छ । काेराेना नियन्त्रणका लागि लगाइएको लकडाउनलाई नराम्रोसँग प्रभावित अर्थतन्त्र सुधारका लागि भनी खुकुलो पारिएको र त्यसपछि संक्रमण द्रुत गतिमा फैलिएकाे उल्लेख छ ।

महामारीका कारण अर्थतन्त्रमा परेको प्रभावसँगै यहाँका करोडौँ बालबालिकाको अवस्था गरिबीतर्फ धकेलिएको प्रतिवेदनमा उल्लेख छ । “एसियामा रहेका ती बालबालिकाहरू भाइरसमा मात्र कम संवेदनशील हुनसक्ने भएपनि महामारीका कारा अर्थतन्त्रमा परेको प्रभावका कारण व्यापक असर परिरहेको छ ।”

https://www.facebook.com/unicefnepal/videos/573507013364966/

युनिसेफले भारत, पाकिस्तान, अफगानिस्तान, नेपाल, बङ्गलादेश, श्रीलङ्का, मालदिभ्स र भूटान समावेश रहेको दक्षिण एसियामा करिब ६० करोड बालबालिका रहेकोमा झण्डै दुई करोड ४० लाख गरीबीका बीच बाँचिरहेकाे दावि गरेकाे छ ।

“महामारीका कारण खोप, पोषण, तथा अन्य अतिआवश्यकीय स्वास्थ्य सेवाहरूलाई विस्तार गर्ने कुरामा समस्या भइरहेको छ,बङ्गलादेशमा गरिएको सर्वेक्षणमा महामारीका कारण कतिपय परिवारले दैनिक तीन पटकको खानाको जोहो गर्न नसकिरहेको उल्लेख छ । त्यस्तै श्रीलङ्कामा करिब ३० प्रतिशत परिवारले आफ्नो खानपानमा कटौति गरेका छन् ।” युनिसेफकाे प्रतिवेदन भन्दछ ।

दक्षिण एशियाली देशहरूमा काेराेना महामारीका कारण शैक्षिक संस्थाहरू बन्द भएका छन् । ग्रामिण परिवारमा इन्टरनेट र विद्युतसमेतको पहुँच नहुँदा लामो समयदेखि बालबालिकाहरू शिक्षाबाट बञ्चित भएका छन् । युनिसेफले बालबालिकाहरूलाइ काेराेना महामारीबाट बचाउन नयाँ रणनीति आवश्यक रहेकाे बताएकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *