फ्रान्स, इटाली र स्पेनमा मृत्यु हुनेको संख्या घट्यो, अमेरिकामा ६८ हजारले ज्यान गुमाए

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)बाट बढी प्रभावित युरोपका तीन देशमा संक्रमणबाट मृत्यु हुनेको संख्या घटेको छ ।

नयाँ संक्रमण र मृत्युदर तुलनात्मक रुपमा घटेपछि ठूलो राहत महसुस गरिएको छ । पछिल्लो २४ घण्टामा फ्रान्समा १३५ जना, स्पेनमा १६४ जना र इटालीमा १७४ जनाको मृत्यु भएको छ ।

मार्चपछि एकै दिनमा १३५ जनाको मृत्यु भएको आँकडा फ्रान्सको सबै भन्दा कम हो । फ्रान्समा मे ११ देखि लकडाउन हटाउने तयारी गरिएको छ । यसपछि बालबालिका स्कुल जना सक्ने छन् । फ्रान्समा अहिलेसम्म एक लाख ६८ हजार ५९९ जना संक्रमित छन् भने २८ हजार ४४६ जनाको मृत्यु भएको छ ।

त्यस्तै स्पेनमा पछिल्लो २४ घण्टामा १६४ जनाको मृत्यु भएको छ । यो आँकडा एकै दिन मृत्यु हुने पछिल्लो देश महिनामा सबै भन्दा कम हो । स्पेनमा अहिलेसम्म २ लाख ४७ हजार १२२ जना संक्रमित भएका छन् भने २५ हजार २६४ जनाको मृत्यु भएको छ ।

इटालीमा पनि पछिल्लो २४ घण्ण्टामा १७४ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकापछि धेरै २८ हजार ८८४ जनाको मृत्यु भएको इटालीमा अब लकडाउन केहि खुकुलो बनाउन लागिएको छ तर स्कुल, सिनेमाघर र मल भने बन्द नै रहने छन् ।

पछिल्लो समय सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार १२२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६८ हजार ५६६ पुगेको हो । संक्रमित हुने मानिसको संख्या ११ लाख ८७ हजार २३३ पुगेको छ भने १ लाख ७८ हजार २६३ जना उपचारपछि निको भएका छन् ।

बेलायतमा अहिलेसम्म एक लाख ८६ हजार ५९९ कुल संक्रमित भएका छन् भने २८ हजार ४४६ जनाको मृत्यु भएको छ । बेल्जियममा ४९ हजार ९०६ कुल सङ्क्रमित भएका छन् भने ७ हजार ८४४ जनाको मृत्यु भएको छ । यसैबीच १२ हजार ३०९ जना निको भएर फर्किएका छन् ।

ब्राजिलमा एक लाख एक हाजर १४८ जना संक्रमित भएका छन् भने ७ हजार २५ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म ४२ हजार ९९१ जना ठिक भएका छन् । जर्मनीमा एक लाख ६५ हजार ६६४ कुल संक्रमित भएका छन् भने ६ हजार ८६६ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ३० हजार ६ सय निको भएर फर्किएका छन् ।

इरानमा ९७ हजार ४२४ कुल संक्रमित भएका छन् भने ६ हजार २०३ जनाको मृत्यु भएको छ । यसैबीच ७८ हजार ४२२ निको भएर फर्किएका छन् । नेदरल्याण्डसमा अहिलेसम्म ४० हजार ५७१ जना संक्रमित भएका छन् भने ५ हजार ५६ जनाको मृत्यु भएको छ ।

चीनमा अहिलेसम्म ८२ हजार ८७७ कुल संक्रमित भएका छन् भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ । यसैबीच ७७ हजार ७१३ निको भएर फर्किएका छन् । क्यानाडामा ५९ हजार ४७४ जना संक्रमित भएका छन् भने ३ हजार ६८२ जनाको मृत्यु भएको छ । त्यस्तै २४ हजार ९०८ जना ठिक भएका छन् ।

पछिल्लो तथ्याङकअनुसार आज बिहानसम्म कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर २ लाख ४८ जार २ सय ४ज्ञ पुगेको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ३५ लाख ६५ हजारभन्दा धेरै छ भने संक्रमितमध्‍ये हालसम्म ११ लाख ५३ हजार निको भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *