गाउँलेले कोरोना आशंकामा भेदभाव गरेपछि आत्महत्या, रिपोर्ट नेगेटिभ

चैत्र, २४ काठमाडौं। भारतको हिमाञ्चल प्रदेशमा एक जनाले कोरोना भाइरस संक्रमण नभएपनि गाउँलेका कारण आत्महत्या गर्न बाध्य भएका छन्। उना जिल्लाको बागड गाउँमा आइतबार यस्तो घटना भएको बीबीसी हिन्दीले जनाएको छ। गाउँमा शंका र अविश्वासले गर्दा एक जना युवाले आत्महत्या गरेका छन्। 

३७ वर्षीय मुहम्मद दिलसादले आफ्नै घरमा आत्महत्या गरे। उनी केहि दिन पहिलादेखि नै गाउँलेहरुका कारण तनावमा थिए। उनीमाथि गाउँलेहरुले कोरोना भाइरस सार्छस् भन्दै भेदभाव गर्दै आएका थिए। 

उनले पछिल्लो समयमा भारतमा चर्चामा रहेको दिल्लीको निजामुद्दिनको मस्जिदमा भेला भएका तबलीगी जमातको भेलाबाट फर्केका एक जनालाई भेटेका थिए। यहि कारण गाउँलेहरु उनलाई कोरोना भाइरस संक्रमितको शंका गर्न थालेका थिए। 

हिमाञ्चल प्रदेशका प्रहरी महानिर्देशक एस.आर मर्दीका अनुसार आत्महत्या गर्नुको कारण कोरोना भाइरसको डरले गाउँलेबाट सामाजिक भेदभाव हुनु हो। जब कि उनमा कोरोना भाइरको परीक्षण गर्दा नेगेटिभ पाइएको थियो।   

दिलसादका भाइ गुलसन मुहम्मदले भने, ‘दिलसाद बेकसुर थिए। उनलाई गाउँका मानिसले धेरै मानसिक तनाव दिएका थिए। गाउँलेले उनलाई कोरोना भाइरस बोकेर ल्याएको भन्दै शंका गर्थे। दिलसादको गल्ती केबल यति थियो कि उनले दिल्लीको निजामुद्दिनको मस्जिदमा बसेका तबलीगी जमातबाट फर्केका एक जनालाई भेटेका थिए।’ 

गाउँकी प्रधान प्रोमिलाले भनिन्, ‘यो दुर्भाग्य हो। प्रहरी यसको जाँच गरिरहेको छ। मलाई लाग्छ उनी अपमानित महशुस गरिरहेका थिए। राम्रो मानिस थिए र सामाजिक रुपमा जोडिएका थिए। मलाई थाहा छैन उनले आत्महत्या गर्ने निर्णय किन गरे ?’ 

कोरोनाको रिपोर्ट नेगेटिभ 

उनलाई सबैले शंका गरेपछि कोरोना भाइरसको परीक्षण गरेका थिए। किनकि उनले निजामुद्दिन जमातबाट फर्केका मानिसलाई भेटेका थिए। उनले ती मानिस भेटेपछि गाउँलेले प्रहरीमा खबर गरेका थिए। 

उनको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आयो। त्यो भन्दा पहिला उनी क्वारेन्टाइनमा पनि बसेका थिए। उनकी श्रीमती र एक छोरी थिइन। उनले एक सानो खानाको होटल चलाएका थिए। 

हिमाञ्चलका प्रहरी महानिर्देशकले भने, ‘प्रहरीले मुद्दा दर्ता गरेको छ। जाँच सुरु गरेका छौं। यो कोरोना भाइरस फैलने डरले गरेको भेदभावको मुद्दा हो।’ कोरोनाको परीक्षण नेटेटिभ आउँदा पनि दिलशादले सामाजिक बहिष्कारको सामना गर्नु परेको थियो। गाउँलेहरु उनलाई कुरा पनि सुनाउथे।   

‘मानिसलाई सामाजिक दुरी बनाउन भनेको हो, यहाँ सामाजिक भेदभाव गर्नु हुदैन,’ उनले भने, ‘यो कोराना भाइरसका विरुद्धको लडाइ हो। कुनै व्यक्ति अथवा समुदायको विरुद्धको लडाइ होइन।’ -बीबीसी हिन्दीबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *