१०/१२ वटा मेडिकल कलेजमा के अनुसन्धान भैरहेको छ ?

  

जब राष्ट्र कमजाेर हुन्छ, त्यसले अनेकौं समस्याहरु भोग्न बाध्य हुन्छ । तर, एउटा समस्या भने सबै भन्दा डरलाग्दो हुन्छ-त्यो हो, जनतामा अनुशासनको ठूलो अभाव। यो सन १९१२ मा पेकिङ्ग बिश्वविद्यालयका एक जना प्राध्यापकले भनेको भनाइ हो। त्यसबेलाको चीन अहिलेकोको नेपाल जस्तै थियो, झन्डै झन्डै । अनेकखालका बिदेशी एजेन्टहरु चीनमा अनेक किसिमका खेलहरु खेली रहेका थिए। जर्मनलाई हराएर जापानले चीनको सान्डोङ्ग प्रान्त आफ्नो हातमा पारेको थियो। क्रीस्चियन मिसनरीहरु गरिब चिनियाँलाई पैसा दिएर रिलिजन परिबर्तन गराइरहेका थिए। प्रथम बिश्वयुद्ध सकिएको थियो, र पेरिसमा शान्ति सम्मेलन हुँदा चिनियाँ प्रतिनिधीहरुले अपमानजनक सन्धिमा हस्ताक्षर गरे, जसले चीनमा आन्दोलनको आँधिहुरी निर्माण गर्यो । त्यसले चीनमा देशवादको चेतना निर्माण गर्यो। अमेरीकाले चीनलाई सहयोगको आस्वासन दियो, तर गरेन। उसकाे आफ्नै स्वार्थ थियो। त्यसबेला एकजना प्राध्यापकले भनेका थिए, संकट बाट राष्ट्रलाई बाहिर निकाल्न परम्पराबादी सोचले सक्तैन नयाँ बिचारको आवस्यक्ता पर्छ, तर त्यसबेला चीनमा नयाँ बिचार थिएन। देश युद्ध सरदारहरुको अराजकतामा थियो,र अधिकांश बुद्धिजिबि पनि अवसरबादी, अहिलेको नेपालमा जस्तै। नेपालको अवस्था अहिले त्यसबेलाको चीनको अवस्था जस्तै छ। 

१. मानव सभ्यताको इतिहासको बिश्लेषणले के देखाउँछ भने कृषि क्रान्तिको चरणमा प्रवेश गरेको मानिसले आफ्ना ठुलठुला समुहलाई एकीकृत राख्न “अनेक कल्पित अवधारणा” निर्माण गर्दै गयो र त्यसैक्रममा राज्य र राजाको अवधारणाको पनि निर्माण गर्‍यो। लाखौं लाख मानिस आवद्ध गर्न साम्राज्यको अवधारणा करिब ४००० बर्ष पहिला गर्‍यो। साम्राज्यलाई धन र शक्तिको आवश्यकता हुन्थ्यो। तब युद्धको प्रचलन आयो। तब रिलिजनलाई साम्राज्यको औचित्यता पुष्ठि गर्ने साधनको रुपमा बिकास गरियो । साम्राज्य र सम्राट नै रिलिजनका संरक्षक बने। रोमन क्याथोलिक चर्चले पोर्चुगलका राजा अल्फान्सोलाई रोमनास पोन्टिन्फ्याक्स जारी गर्दै भने “असभ्यहरुलाई समाप्त पार र उनीहरुको धन लुट।” तब १६ औं शताब्दीबाट आयो संसारमा उपनिवेशवादको लुट, आमहत्या, र अत्याचार। साम्राज्यवादले उपनिवेशवाद द्वारा भ्रष्ट पुँजिवादलाई जन्मदियो। पुँजिवादले उपभोक्तावादलाई जन्म दियो। इतिहासविद हरारी भन्छ्न, मानव सभ्यतामा पछिल्लो १०००० बर्ष आफैमा एउटा “सफेद ठगी” थियो। 

Image may contain: 1 person, suit and indoor

२. सन १९४५ मा अमेरिकाको न्युमेक्सिकोको मरुभूमिमा जब एटम बम परिक्षणका लागि पहिलो डिटोनेट (विस्फोट) गरियो, त्यसका बैज्ञानिक ओपेनहाइमरले भागवत गीताको शोल्क संझिए र उच्चारण गरे “म मृत्यु हुँ। अब म संसार ध्वस्त गर्छु।” यहि बम जापानमा खसाल्ने कुरा भयो। बैज्ञानिकहरुले त्यसो नगर्न अनुरोध गरे। वासिङ्टनका रणनीतिकारहरुले भने “हामी लाखौं अमेरिकी सेनाको बलि चढाउन सक्तैनौं। तब हिरोसिमा र नागाशाकीमा एटम बम फुट्यो । लाखौं निर्दोश मानिसको ज्यान लियो, तेस्ले । आज २१ औं शताब्दीमा पनि “इम्पेरियल मिसन” जीउँदै छ। यसलाई पनि धन र गौरव चाहिएकै छ। 

३. औद्याेगिक क्रान्तिले मेसिनको प्रयोगबाट बस्तुहरु उत्पादन गर्न शुरु गर्‍यो। यसकालागि धन चाहिन्थ्यो । तब ब्रिटिस, फ्रान्स लगायतका साम्राज्यवादिहरु धन लुटने अभिष्ट बोकेर एसिया लगायतका देशमा पसे। असीमित धन लुटे। उता उनिहरुका गाउँबाट मानिस शहर पसे। उद्योगका मालिकले उनीहरुका आफनै गरिब मानिसको पनि चरम शोषण गरे । कामदार पुगेनन त्यसैले दास ब्यापार शुरु गरे। लाखौं मानिसको हत्या गरे। अफ्रिकालाई दास उत्पादन गर्ने भुमिमा परिणत गरे। नेपाल जस्तो सानो देशलाई ब्रिटिस साम्राज्यवादको रक्षा गर्ने सिपाही उत्पादन गर्ने देशमा परिणत गरे। हाम्रो इतिहास र गौरव नष्ट गरिदिए। हामी अरुमाथि अत्याचार गर्ने साम्राज्यवादको रक्षा गर्ने खेताला बन्यौं । गोर्खा रेजिमेन्टको नाममा “लाहुरे” संस्कृति निर्माण गरिदिए। नेपालमा मै कृषि उत्पादन गर्ने युवा ब्रिटिसका भाडाका सेना बनाइए। नेपालमा उपनिवेशको भौतिक अस्तित्व थिएन तर, नेपालको जनसंख्या उपनिवेशमा परिणत भयो। यो कलंक समाप्त गर्ने शासक देशले अहिलेसम्म पाएन। 

४. नेपालका शासकलाई कहिले पनि के हेक्का भएन भने, नेपालको कृषि आधुनिकिकरण नगरी देशमा संमृद्धि निर्माण गर्न सकिन्न। त्यत्तिमात्र होइन नेपालको कृषि समाप्त पार्न, नेपाली युवालाई डाइभर्सिटि भिसा, बैदेशिक रोजगार र स्थाइ बसोबास भिसा दिएर बिदेश लगिन्छ। इराक आक्रमण पछि अरब पश्चिमको पुर्ण अधिनमा आयो। युरोप र अमेरिकालाई सस्तो जनशक्ति चाहियो, त्यसैले बैदेशिक रोजगारको बिष निर्माण गरियो। त्यसैकालागि नेपालमा नवउदारबाद लागू गरि देशमै रोजगारी दिने सबै उद्योग लिलाम गर्ने षड्यन्त्र बिदेशीले गराइदिए। दुइचार बर्षमै सबै उद्योग समाप्त पारिदिए। अहिले देश ज्ञान र मानिसको खडेरीको सामना गर्न बाध्य छ। राजनीतिक नेतृत्व आज पनि अन्धकारमा छ। गाउँ रित्ता छ्न, जमिन बाँझा छन, माफियाहरु गाउँका भित्र पनि डोजर लगाएर प्लटिङ्ग गर्दै छन । मन्त्रीज्यु किसानका हातमा पैसा पुग्ने नीति निर्माण गर्दै हुनुहुन्छ तर, पार्टी दोएर खानेहरु नक्कली संस्था बनाएर राज्यले दिएको अनुदान पच पारिरहेका छ्न। अहिले कोरोनाको कहर छ, तब पो थाह भयो हामी त क्षमताको शुन्यमा रहेछौं। हाम्रा विश्वविद्यालयहरुको भुमिका देखिइयो। १०/१२ वटा मेडिकल कलेजमा के अनुसन्धान भैरहेको छ ? मेडिकल शिक्षा पनि शुन्य रहेछ। हाम्रा ठुला ब्यापारी र मानिसको जिवनमा पो ब्यापार गर्दा रहेछ्न। 

५. कृषिको आधुनिकिकरण नभै औद्योगिक क्रान्ति हुँदैन भनेर सामान्य मानिसको माया गर्ने बिज्ञहरु भन्छन। तर, हाम्रो त विकासको जग कृषि नै ध्वस्त भएछ। हामी सँग एनआरएन छ्न। हामी सँग एनजिओ छ्न। हामी सँग पार्टी छन। तर, हामी सँग अनुशासन रहेनछ। हामी सँग कुन्ठित मनिवृत्ति बिज्ञहरु रहेछन, हामी सँग भ्रस्टाचार गर्ने अनेक उपाय रहेछ्न, हामी सङ्ग नैतिकता रहेनछ, त्यसैले हामी सँग गरिबी रमाउँदो रहेछ। 

६. सन १९१२ मा एक चिनियाँ प्राध्यापकले भनेका थिए, “चीनको निर्माण गर्न बलियो दिमाग भएका बुद्धिजीवीको आवश्यकता छ। हामी इम्पेरियल मिसन र संमृद्धि दुइधारका बिचमा छौँ। हामीले बिदेशीको हस्तक्षेप र लम्पट प्रवृत्ति समाप्त गर्नुपर्छ।” महात्मा गान्धीले देशमा उत्पादन र उद्धम बढाउन चर्खा आन्दोलन गरे। भारत पनि धनी भयो, उसले कोरोना जाँच गर्ने आफ्नो मसिन आफैं बनायो। हामी सङ्ँग न बिज्ञान छ न उन्नत संस्कृति। हामी सङ्ँग त केबल गफ, ढाँटीकला, बेइमानी र देश सराप्तै बिदेशिने मति मात्रै रहेछ। हामी बिदेशीले लादेका रणनीतिक जोखिम बोक्न बाध्य छाैं। हाम्रा शासकहरुमा साम्राज्यका चाल बुझ्न पारख छैन। हाम्रो देशभक्ति ओइलाएको छ। हामी भ्रमबाट ग्रसित छौँ। हामी आधा मृत्यु जस्तो निन्द्रा निदाइरहेका छौँ । अब जागौं र केही गरौँ । अझै पनि केही गर्न सकिन्छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *