भारतमा कोरोना संक्रमितको संख्या बढ्दो, ७७ जनाको मृत्यु

चैत्र २३, नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ ।  

भारतको हालसम्मको आँकडा हेर्दा ३ हजार ३ सय ७४ जना कोरोनाबाट संक्रमित भइसकेका छन् । भारतभर शनिबार ११ हजार १८२ जनाको स्याम्पल परिक्षण गरिएकोमा ३२४ जनामा पोजिटिभ देखिएको हो ।  

विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४ हजार ६ सय ६८ पुगिसकेको छ भने  १२ लाख १ हजारभन्दा बढी संक्रमित भएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *