न्यूयोर्कमा मात्रै ३ हजार ५ सयको मृत्यु, चीनद्वारा एक हजार भेन्टिलेटर सहयोग

चैत २३, काठमाडौं । अमेरिकामा सङ्क्रमितको सङ्ख्या लगातार बढेर तीन लाख नाघेको कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमणको आँकडा राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । 

त्यसमध्ये एक तिहाइ न्यूयोर्क राज्यमा मात्र छन् । जुन इटलीको हाराहारीमा छ । त्यहाँ मर्नेको सङ्ख्या ३,५६५ पुगेको छ । न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यु कोमोले त्यहाँ सङ्क्रमणको उच्च विन्दु आगामी ४ देखि १४ दिनमा पुग्ने ठानिएको बताए । 

‘मेरो एक मनले उच्च विन्दु चाँडै पुगिहालोस् भन्छ । तर फेरि अर्को मनले होइन त्यसका लागि हामी तयार भइसकेका छैनौँ भन्छ’ कोमोले भने । कोमोका अनुसार थप भेन्टिलेटरको खोजी जारी छ । 

एक हजार भेन्टिलेटर पठाइदिएकोमा उनले चीनलाई धन्यवाद दिए । ओरेगन राज्यले पनि १४० वटा भेन्टिलेटर सहयोग गरेको उनले बताए । कोरोनाभाइरसको अवस्थाबारे दैनिक प्रेस सम्मेलनका बेला राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले कोमोलाई न्यूयोर्कलाई आवश्यक स्रोतको प्रबन्ध गरिदिने बताएको जनाएका छन् । 

उनले संघीय सहयोग अब सबभन्दा धेरै प्रभावित इलाकाहरूमा केन्द्रीत गरिने बताए । शनिवार ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले आगामी साताहरूमा अमेरिकाको अवस्था कस्तो हुनेछ भनेर खुलेर बताएका थिए । 

बीबीसी   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *