सडक भास्सिएर भ्वाङ पर्दा ६ को मृत्यु १० बेपत्ता

माघ १, काठमाडौँ ।  उत्तर पश्चिम चीनको किंघाइ प्रान्तमा अचानक सडक भास्सिएर  भ्वाङ पर्दा ६ जनाको मृत्यु भएको छ भने १० जना व्यक्तीकाे त्यसमा खसेर बेपत्ता भएका छन् ।   

उक्त स्थानमा भएको सिसि फुटेजमा बस खाल्डोमा खसेपछि विद्युत सर्ट भई विस्फोट भएको र बस स्टपमा उभिएकाहरु व्यक्तीहरू भागेको दृश्यहरु कैद भएको छ ।   

उक्त दुर्घटनामा परी १६ जना घाइते भएको स्थानिय संचार माध्यममा उल्लेख गरिएको छ ।   

सडक भास्सिएर बनेको खाल्डोमा बस खस्दा ६ जनाको मृत्यु

स्थानिय अधिकर्मीका अनुसार सिंक होल भनिने यस प्रकारका भ्वाङ पर्ने घटना चीनमा नौलो नभएको र  सडकमा भ्वाङ पर्नुको कारण पत्ता लगाउने प्रयास भईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *