भारतमा बाढीः ५ सयभन्दा बढीले गुमाए ज्यान

साउन २९, केरला । भारतमा बाढीका कारण ५ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । 

हालैको हप्तामा आएको बाढीका कारण भारतका विभिन्न स्थानमा मानिसहरुको मृत्यु भएको हो । हजारौँ विस्थापित भएका छन्। 

बुधबारको जानकारी अनुसार केरला राज्यमा ९१ जनाको मृत्यु भएको छ, कर्नाटकमा ५४, माराष्ट्रमा ४८, गुजरातमा ९८, ओडिसामा १८, बिहारमा १ सय २३ तथा आसाममा ७१ जनाको मृत्यु भएको जनाइएको छ । 

null

भारतको दक्षिणी राज्य केरलाको कैयौ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको जनाइएको छ । 

भारी वर्षाको कारण भारतको केरला, कर्नाटक, महाराष्ट्र र गुजरातमा १२ लाख व्यक्तिलाई उनीहरुको घरबाट निकालेर सुरक्षित स्थानमा लगिएको जनाइएको छ । 

ती व्यक्तिहरुमा प्रायलाई सरकारद्धारा सुञ्चालित शरणार्थी शिविरहरुमा लगिएको जनाइएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *