यात्रुबाहक विमान मकैबारीमा आकस्मिक अवतरण

 

साउन ३०, काठमाडौं । रुसी राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको यात्रुबाहक विमान मकै बारीमा आकस्मिक अवतरण गरेको छ । 

यात्रु र चालक दलका सदस्य गरी दुई सय ३० भन्दा बढी व्यक्ति बोकेर उडेको जहाजमा उडेको एकैछिनमा चरा ठोक्किन पुगेको थियो । 

null

चरा ठोक्किएपछि असन्तुलित बनेको जहाजलाई चालकले मकैबारीमा सुरक्षित अवतरण गराएका थिए । 

सो विमान मस्को शहरको झुकोप्स्की विमास्थलबाट बिहीबार बिहान उडेको थियो। क्राइमियाका लागि उडेको सो विमान विमानस्थलबाट एक किलोमीटर मात्र पर पुगेका बेला यसमा चरा ठोकिएको थियो । 

जहाजमा रहेका यात्रुमध्ये २३ जना घाइते भएका बताइएको छ । मकै बारीमा बलपूर्वक अवतरण गरिएको जहाज केही परसम्म धसारिएको अधिकारीहरुले जानकारी दिएका छन् । 

हालसम्म प्राप्त समाचारअनुसार यस विमानमा रहेका ती यात्रुहरु सामान्य रुपमा मात्र घाइते भएका बताइएको छ । यराल एयरलाइन्सको यस विमानमा २ सय ३० जना यात्रु र सात चालकदलका सदस्य रहेका रुसी हवाई उड्डयन अधिकारीहरुले बताएका छन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *