प्रेम बिवाहबाट रूष्ट भएका पिताले गर्भवती छोरीको घाँटी काटेर गरे हत्या

 

असार ३१, भारत ।  भारतको मुम्बईस्थित घाटकामेपर इलाकामा दुई दिन अघि भएको २० वर्षे गर्भवती युवतीको हत्याको रहस्य सुल्झिएको छ । 

अनुसन्धानमा पत्ता लागेअनुसार युवतीले परिवारको मर्जी बिना केही महिनाअघि विवाह गरेकी थिइन् । यसै कारण रिसाएका पिताले छोरीको घाँटी काटेर हत्या गरेका छन् । 

null

पुलिसले युवतीको रगतले लत्पत्तिएको शव आइतबार बिहान फुटपाथमा भेटेको थियो । आरोपी पितालाई पक्राउ गरिएको छ । 

पुलिसका अनुसार मिनाक्षी चौरसिया चार महिनाकी गर्भवती थिइन् । शनिबार उनका पिता राजकुमार चौरसियाले छोरीको अनुहार र टाउकोमा चक्कुले थुप्रैपटक हमला गरे, जसका कारण उनको मृत्यु भयो । 

परिवारको मर्जीबिना गरेकी थिइन् विवाहः 

पुलिस अधिकारी अखिलेश सिंहले भने, ‘हामीलाई बताइयो कि उनीहरु फेब्रुअरीमा मध्यप्रदेशको सतना गएका थिए । त्यहाँ मिनाक्षीले बृजेश नामको युवकसँग अदालती विवाह गरेकी थिइन् । 

पिताले मिनाक्षीको विवाह मुम्बईको विरारमा बस्ने एक युवकसँग निश्चित गरिसकेका थिए । यसका लागि पूरा तयारी गरियो र कार्डसमेत छापियो । तर प्रेम विवाहको कुरा सार्वजनिक भएपछि राजकुमार छोरीसँग रिसाए ।’ 

खुट्टा ढोग्न निहुरिइन् छोरी, पिताले चक्कु प्रहार गरेः 

सिंहका अनुसार मिनाक्षी वृजेशसँग भागेका कारण र मागी विवाह टुटेका कारण राजकुमार चौरसिया लज्जित थिए । यद्यपि, विवाहलाई स्विकार गर्दै छोरीलाई कहिले पनि गाउँ नजान भने । 

तर हालै जब मिनाक्षी गणपति महोत्सवमा भाग लिन गाउँ पुगिन् तब राजकुमार रिसाए । शनिबार बेलुका छोरी र पिताको फोनमा बहस भयो । त्यसपछि पिताले छोरीलाई भेट्न बोलाए । भेटेपछि मिनाक्षीले पिताको खुट्टा ढोग्न झुकेका बेला चक्कुले हमला गरे । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *