८० वर्ष पुरानो भवन भत्कियो, ४० जनाभन्दा बढी पुरिएको आश‌ंका

 

असार ३१, नयाँ दिल्ली । भारतको मुम्बईमा रहेको डांगरी इलाकास्थित एक ४ तले भवन भत्किएको छ । डोंगरी इलाकामा केसरबाइ नाम गरेको ४ तले भवन भत्किँदा कम्तीमा ४० जना पुरिएको आशंका गरिएको छ ।  

फायर ब्रिगेडको टीम तत्काल समयमा पुगी राहत र उद्धार कार्य जारी राखेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । समयमै पुगेका जवानले एक बच्चा जिउँदै बचाउन सफल भएका छन् । 

null

 

घटनास्थलमा दमकल विभागको टीम पनि राहत कार्यमा लागेको छ । यो इलाकामा ठुलो जनसंख्या छ । र यहाँको गल्ली पनि साँघुरो भएका कारण उद्धार गर्न समस्या भइरहेको छ । 

दमकल विभागका चीफ फायर अफिसर प्रभात रहांगदले भने, ‘यहाँ ४ तले भवन थियो । राहत र उद्धार कार्य पनि जारी छ । मानिसहरु यहाँ दबिएका छन् । जेसीबी र नगर निगमका मजदुरको सहायता लिइएको छ । राष्ट्रिय विपद् राहत बल (एनडीआरएफ) लाई पनि बोलाइएको छ ।’ 

उक्त भवन ८० साल पुरानो भएको अनुमान गरिएको छ । त्यो इलाकाका सबै भवनहरु पुराना हुन् । ३०–४० मानिसहरु पुरिएको हुनसक्छ । त्यहाँ ६–७ परिवार बस्थे । भवन भत्किएपछि मानिसहरुको भागाभाग चलेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *