सिकागोमा निर्वाचनको दौडधुप, ट्रम्प विरुद्ध हजारौंको र्याली

असोज २८, सिकागो । अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् । 

आउँदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्रयाट पार्टीका समर्थकहरुले ट्रम्पको विपक्षमा प्रदर्शन गरेका हुन् । 

उनीहरुले “निलोलाई मतदान” लेखेका ठूला ब्यानर पनि फहराएका थिए । 

null

प्रदर्शनकारीहरुले ट्रम्पलाई “महिला विरोधी एजेण्डा” बोकेको राष्ट्रपतिका रुपमा चित्रित गर्दै मतदातालाई आफ्नो पक्षमा सहयोग गर्न सन्देश प्रवाह गरेका थिए । 

निर्वाचन लक्षित र्याली डाउनटाउन पार्कबाट सुरु भएको थियो । र्यालीमा सहभागीहरुलाई डेमेक्राट्सका तर्फबाट हिलारी क्लिन्टनले भिडियो मार्फत् सम्बोधन गर्दै आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।  

ट्रम्प प्रशासनलाई उत्तरदायी र जिम्मेवार बनाउन आफ्नो पक्षलाई जिताउनु पर्ने उनकाे भनाई थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *