परमाणु हतियार बनाउने धम्की दिँदै ट्रम्पले भने– ‘यो चेतावनी जोकोहीलाई हो’

कात्तिक ६, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरीकाले परमाणु हतियार बनाउने चेतावनी दिएका छन् । ट्रम्पले रुस र चीनमाथि दबाब सिर्जना गर्नका निम्ति संयुक्त राज्य अमेरिकाले आफ्नो पारमाणविक अस्त्र भण्डार विस्तार गर्ने चेतावनी दिएका हुन् । 

पत्रकारसँग कुरा गर्दै उनले मध्यम दूरीको पारमाणविक क्षेप्यास्त्रसम्बन्धी आईएनएफ सन्धिको रुसले उल्लङ्घन गरेको बताए । यसअघि उनले आईएनएफ सन्धिबाट अमेरिका अलग हुने धम्की दिएका थिए। 

रुसले आईएनएफ सन्धिको उल्लङ्घन गरेको भन्ने आरोप अस्वीकार गर्दै आएको छ। संयुक्त राज्य अमेरिकाले थप अस्त्रहरूको विकास गरेमा आफूले त्यसको उचित जवाफ दिने रुसले चेतावनी दिएको छ। 

null

राष्ट्रपति ट्रम्पले ‘मानिसहरूको चेत नखुलेसम्म’ संयुक्त राज्य अमेरिकाले अस्त्र भण्डार विस्तार गर्ने बताए। 

उनले थपे, ‘यो चेतावनी जोकोहीलाई हो। त्यसमा चीन पनि पर्छ, रुस पनि पर्छ। त्यसमा अरू पनि पर्छन् जो त्यो खेल खेल्न चाहन्छन्। रुसले सन्धिको मर्म अथवा सन्धिकै पालना गरेको छैन।’ 

बीबीसी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *