तिहारमा पड्काउने पटका बिक्रीमा रोक लगाइएको हो ? यस्तो छ भारतीय अदालतको फैसला

कात्तिक ६, काठमाडौँ । भारतको सर्वोच्च अदालतले तिहारमा पट्काउने पटकाका विषयमा विभिन्न फैसलाहरु गरेको छ । सर्वोच्च अदालतले तोकिएको भन्दा ठूला पटकाहरु अनलाईनबाट बिक्री गर्न रोक लगाएको छ । 

अदालतले देशभर पटका बिक्री गर्न रोक लगाएको छैन । तर यसका लागि विभिन्न शर्तहरु लागु गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

वायूप्रदुषण नियन्त्रण गर्नका लागि पटकाको उत्पादन तथा बिक्रीमाथि रोक लगाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो निर्णय गरेको हो। 

null

अदालतले भनेको छ कि, ‘इ कमर्स कम्पनी ले ठूला पटका बिक्री जारी राखेमा कारबाही हुनेछ ।’ 

अदालतले केवल वातावरणमैत्री र सुरक्षित पटकाहरु मात्र पड्काउन भनेकाे छ भने चर्को आवाज आउने पटकाहरुमाथि पनि प्रतिबन्ध लगाएको छ। 

दिपावलीका दिन राती ८ बजेदेखि १० बजेसम्म मात्र पटका पड्काउन पाउने पनि सर्वोच्चको आदेशमा उल्लेख छ। 

सर्वोच्च अदालतले मंगलबार दिएको आफ्नो फैसलामा इजाजत प्राप्त पसलेहरुले मात्र कम प्रदूषणवाला पटका बिक्री गर्न सक्ने उल्लेख गरेको छ । 

त्यस्तै सर्वोच्चले क्रिसमस, नयाँ वर्ष लगायतका अन्य चाडपर्वहरुमा पनि यस्तै नियम लागु गरेको छ । याँ वर्षका समयमा पनि रातको ११बजेर ५५ मिनेटदेखि १२ बजेर ३० मिनेटसम्म मात्र पटका पड्काउन सकिने जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *