दुई कीर्तिमानको संघारमा विराट
मकालु खबर
२०७८ असोज ४ गते
काठमाडौँ । आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्ग्लोर (आरसीबी) र कोलकाता नाइटराइडर्स खेल्दैछन् । आजको खेलमा आरसीबीका कप्तान विराट कोहली दुई कीर्तिमानको नजिक छन् ।
विराटले आज आईपीएलमा दुई सयौँ खेल खेल्दैछन् । आज मैदान उत्रँदा उनी एकै टीमबाट २०० खेल खेल्ने एकमात्र खेलाडी हुनेछन् । समग्रमा भने उनी यो उपलब्धि हासिल गर्ने पाँचौं खेलाडी हुन् । यसअघि महेन्द्रसिंह धोनी, दिनेश कार्तिक, रोहित शर्मा र सुरेश रैनाले आईपीएलमा २०० खेल खेलिसकेका छन् । तर उनीहरूले भिन्न भिन्न क्लबबाट यो उपलब्धि हात पारेका हुन् ।
त्यस्तै विराट १० हजार टी-२० रनको कीर्तिमानको समेत नजिक छन् । उनले अब ७१ रन बनाए टी-२० मा उनको रन संख्या १० हजार पुग्नेछ । उनीअघि यो फर्म्याटमा क्रिस गेल, केरोन पोलार्ड, सोएब मलिक र डेभिड वार्नरले १० हजार रन पूरा गरेका छन् ।
मकालु खबर
२०७८ असोज ४ गते
प्रतिक्रिया
सम्बन्धित