नेपाललाई चौथो झड्का, एकै ओभरमा गुमायो लोकेश र कुशललाई

वेस्ट इन्डिजविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ।

नेपालले लगातार विकेट गुमाउँदा दबाबमा परेको छ। नेपालले छैठौं ओभरमा ओपनर लोकेश बम र कुशल मल्ललाई गुमाउन पुग्यो। पाँचौं बलमा लोकेश आउट भएपछि आएका कुशल पहिलो कलमै पेबेलियन फर्किए।

त्यसअघि अनिल साह मात्रै एक रन बनाएर आउट भए भने कुशल भुर्तेल पनि ८ बल खेल्दा मात्रै २ रन जोडेपछि क्रिजमा टिकेनन्।

नेपालका ओपनर लोकेश बम रिटायर्ड हर्ट भएर पुनः मैदान फर्किएका थिए। तर उनी केही बल फेस गरेर आउट भए।

अहिले क्रिजमा गुल्शन झा र कप्तान रोहित पौडेल छन्। नेपाललाई वेस्ट इन्डिजले १६१ रनको लक्ष्य दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *