वेस्ट इन्डिज एसँग नेपाल १० रनले पराजित, रोहितको अर्धसतक

कप्तान रोहित पौडेलको अर्धसतकका बाबजुद नेपाल वेस्ट इन्डिज ए सँग झिनो रनले पराजित भएको छ।

पहिलो खेलमा सतक प्रहार गर्दै टोलिलाई महत्वपुर्ण जित दिलाएका रोहितले दोस्रो खेलमा अर्धसतक प्रहार गर्दै टोलिलाई सम्हाले पनि बलियो साझेदार नपाउँदा टोलिले हार टार्न असफल भयो।

कप्तान रोहितले नटआउट ७१ रन बनाए। उनले ४८ बलमा ६ चौका र २ छक्का प्रहार गरे।

पहिलो खेलमा २०५ रनको लक्ष्य पूरा गरेको नेपाल दोस्रो खेलमा भने १६१ रन बनाउन चुक्यो। नेपालले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १५० रन बनाउन सक्यो। नेपाल १० रनले पराजित भयाे।

नेपालका लागि लोकश बमले १७, कुशल भुर्तेलले २, तथा अनिल साहले एक रन बनाए। कुशल मल्ल शुन्य रनमै पेबेलिय फर्किँदा गुल्शन झाले २६ तथा आरिफ शेखले १२ रनको योगदान दिए। दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समान ३ रन  तथा आकाश चन्दले ७ रन बनाए।

वेस्ट इन्डिजका अबेद म्क्वे र गुडाकेश मोटीले समान २ विकेट लिँदा ओसेन थॉमस र सोस्टन चासेले समान एक एक विकेट लिए। अरु तीन नेपाली ब्याटरलाई उसले रन आउट गरेको थियो।

टि २० सिरिजका लागि नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए ले टस जितेर पहिले ब्याटिङ गरेको थियो। निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६० रन बनाएको थियो।

खराब सुरुवात गरेको वेस्ट इन्डिजले अन्तिम दुई ओभरमा ४१ रन जोड्दै मध्यम लक्ष्य प्रस्तुत गरेको हो। जसले उसलाई जितको आधार खडा गर्यो।

१९ औं ओभरमा १९ रन जोडेको वेस्ट इन्डिजले अन्तिम ओभरमा २२ रन जोड्यो। वेस्ट इन्डिजका गुडाकेश मोटीले मात्रै ८ बलमा ३३ रन बनाउँदै नटआउट रहे। म्याथ्यू फोर्डले ६ बलमा ११ रन जोडे।

त्यसअघि ओपनर जोनसन चार्ल्सलाई ११ रन बनाउँदा गुमाएको वेस्ट इन्डिजका अर्का ओपनर अलिक अथानाजी ६ रनमै पेबेलियन फर्किए। आन्द्रे फ्लेचर ४३,रोस्टन चेस २३ र केसी कर्टि १० रनमा आउट भए। केएम पलले ८ र हेडेन वाल्शले ९ रनको योगदान दिए।

नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले समान २ विकेट लिँदा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एक एक विकेट हात पारे। अब तेस्रो खेल बुधबार सवा १२ बजे टियु क्रिकेट मैदानमै हुनेछ। यी दुई देशले विश्वकपको तयारी अन्तरगत ५ टि २० सिरिज खेलिरहेका हुन्।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *