आक्रामक इनिङ खेलेका गुल्शन पनि फर्किए पेबेलियन
२०८१ वैशाख १६ गते

वेस्ट इन्डिजविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पाँचौं विकेट गुमाएको छ।
गुल्शन झा नवौं ओभरको दोस्रो बलमा बोल्डआउट भएका हुन्। उनले ११ बलको सामना गर्दा २५ रन जोडे। आउनासाथ आक्रमक ब्याटिङ गरेका गुल्शन पनि क्रिजमा नटिक्दा नेपाललाई दबाब परेको छ।
यसअघि नेपालले छैठौं ओभरमा ओपनर लोकेश बम र कुशल मल्ललाई गुमाएको थियो। कुशल पहिलो बलमै आउट हुँदा अनिल साह मात्रै एक रन र कुशल भुर्तेल २ रनमा आउट भएका थिए।
अहिले क्रिजमा कप्तान रोहित पौडेल र आरिफ शेख छन्। नेपाललाई वेस्ट इन्डिजले १६१ रनको लक्ष्य दिएको छ।
२०८१ वैशाख १६ गते
प्रतिक्रिया
सम्बन्धित








