आईपीएलमा आज आरसीबीको जादु चल्ला या कोलकाताको फर्म फर्केला ?

काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेट(आईपीएल) मा आज रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र कोलकाता नाइटराइडर्स (केकेआर) खेल्दैछन् । पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गरेको आरसीबीले दोस्रो चरणको पहिलो खेल खेल्न लागेको हो । उसले ७ खेलमा १० अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

पहिलो चरणमा केकेआर भने फर्ममा फर्कन संघर्षरत देखिएको थियो ।

उसले ७ खेलमा केवल २ जित हात पार्दै ४ अंकका साथ सातौँ स्थानमा छ । लामो समयपछि दोस्रो चरणका रुपमा फर्किएको आईपीएलमा आरसीबीको जादु चल्ला या कोलकाताको फर्म फर्केला त्यो भने खेलले बताउनेछ ।

यसैबीच अर्को सिजनबाट कप्तानी त्याग्ने बताएका विराटका लागि यसपटक टिमलाई उपाधि जिताउने मौकासमेत रहेको छ ।

यो पनि : सात वर्षपछि भारतीय क्रिकेट टिममा फरक फरक कप्तान हुँदै

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *