फाइनल प्रवेशका लागि ब्राजिल र पेरु खेल्दै
मकालु खबर
२०७८ असार २१ गते
काठमाडौं । कोपा अमेरिका फुटबलको सेमिफाइनलमा भोलि (मंगलबार) बिहान ब्राजिल र पेरु खेल्दैछन् । आयोजक ब्राजिल र पेरुबीचको खेल नेपाली समयअनुसार बिहान ४:४५ बजे सुरु हुनेछ ।
साविक विजेता ब्राजिल लगातार दोस्रो पटक फाइनल पुग्दै उपाधिकाे दाबेदारी कायमै राख्न चाहन्छ । राेचक के छ भने ब्राजिलले अघिल्लो पटक पेरुलाई नै हराएर उपाधि जितेको थियो । ब्राजिल त्यही नतिजा दाेहाेर्याउन चाहन्छ भने पेरु त्यसकाे बदला लिने ध्याउन्नमा हुनेछ ।
यतिमात्र हाेइन जारी प्रतियोगिताकाे समूह चरणमा समेत ४-० ले हारेकाे बदला लिने माैका फेरि एकपटक पेरुलाई प्राप्त भएकाे छ । ब्राजिल भने त्याे नतिजाले झनै हाैसिएको छ ।
समूह ‘बी’ मा रहेका यी दुई देश यहि प्रतियोगितामा दोस्राे पटक खेल्न लागेका हुन् ।
मकालु खबर
२०७८ असार २१ गते
प्रतिक्रिया
सम्बन्धित