बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् ।

गोरखा–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवार बनेका भट्टराईले आफूनिकटका केही नेताहरूसँग छलफल गरेपछि उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् ।

उनको सचिवालय स्रोतका अनुसार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेसहितले अभिभावकको भूमिकामा रहेर सहजीकरण गरिदिन आग्रह गरेपछि भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् ।

भट्टराई यसअघि पनि गोरखा–२ बाट निर्वाचित भइसकेका उम्मेदवार हुन् । २०७९ सालको निर्वाचनमा भने उनले प्रचण्डलाई सहयोग गर्दै आफू उम्मेदवारी नदिने बताएका थिए । यसपटक पनि सुरुमा चुनाव नलड्ने बताउँदै आएका भट्टराई मनोनयनको दुई दिनअघि मात्रै निर्णय गरेर गोरखा पुगेका थिए ।

उम्मेदवारी फिर्ता लिएपछि कसलाई समर्थन गर्ने भन्नेबारे भने उनले हालसम्म खुलाएका छैनन् ।

गोरखा–२ मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ (मिलन चक्रे), रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =