काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रिय कार्यालय सानेपामा केही समयअघि शुरु भएको हो ।

बैठकमा वर्तमान समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक विषयहरू तथा विशेष महाधिवेशनको बढ्दो दबाबका विषयमा गम्भीर छलफल हुनेछ ।

पछिल्लो समय महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गर्दै विशेष महाधिवेशनको तयारी अघि बढाएपछि पार्टीभित्र तिब्र विवाद उत्पन्न भएको छ ।

बैठकले महाधिवेशन, क्रियाशील सदस्यता विवाद र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर निर्णय लिनेछ । बैठकलाई लिएर पार्टी पंक्तिमा उत्सुकता बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + two =