वडासचिवसहित ८ जनामाथि भ्रष्टाचारको मुद्दा

काठमाडौँ । सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको भन्दै कैलालीका वडासचिवसहित ८ जनामाथि भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।

आज विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।

उक्त अनियमिततामा कैलाली, जानकी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीसहित वडासचिब प्रेम बहादुर बुढा, वडा सदस्यहरू कल्पना खड्का, सुनकोसा सार्की, बिजय बहादुर रावल, शेर बहादुर विश्वकर्मा, खरिदार पूर्ण बहादुर विष्ट, कार्यालय सहयोगी सोनम कठरियाको सहभागिता रहेको थियो ।

उनीहरूमाथि सोही वडामा नै मृत्युदर्ता पंजिकरण भएको, एकै नागरिकताबाट दोहोरो सामाजिक सुरक्षा भत्ताको लाभग्राही अभिलेखसमेत बनाई जम्मा ६८३ जना लाभग्राहीको प्रतिवादीहरू आफैले औँठाछाप लगाई प्रमाणितसमेत गरेको र नवीकरण नै नभएको लाभग्राहीको रकम निकासा गरी गराई प्रतिवादीहरूले आफूसमेतलाई लाभ र गाउँपालिकारनेपाल सरकारलाई हानीनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोप रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 4 =