गणतन्त्रको सुदृढीकरणमा लागेका छौँ : देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संघीय शासन प्रणालीमा आएका समस्याहरूलाई समाधान गर्दै अघि जानुको विकल्प नरहेको बताएका छन् ।
शनिवार काठमाडौंमा स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
संघीय शासन प्रणालीमा केही समस्या रहेको र लोकतन्त्रमा समस्या आउनु ठूलो कुरा नभएको जिकिर गरे । उनले संसारभर गणतन्त्र आएका देशहरूमा लामो समय गणतन्त्रका लागि लड्नुपरे पनि नेपालमा छोटो समयमै गणतन्त्र आएको बताए । गणतन्त्रको सुदृढीकरणमा आफूहरू अघि बढिरहेको बताए ।
सभापति देउवाले भने ‘आज संघीय गणतन्त्र आएको छ । संघीय शासन प्रणाली पनि आएको छ । यसमा केही समस्याहरू आउँछन् । बीचबीचमा आएका छन् । समस्या डेमोक्रेसीमा ठूलो मान्नु हुँदैन । समाधान पनि हामीले गर्दै जानुपर्छ । संसारभर गणतन्त्र आएका देशहरू जो छन्, तिनीहरूलाई सच्चा मानेमा गणतन्त्र स्थापनाका लागि समय लाग्यो । हामीले छिटो गणतन्त्र स्थापना गरेका हौँ । सुदसढिकरणमा गइरहेका छौँ । सबै पार्टीहरू गणतन्त्रको पक्षमा हुनुहुन्छ ।’
सभापति देउवाले देशको भूगोल र जातीय संरचनाले सुन्दर देश रहेको बताए । उनले ४० प्रतिशत जङ्गल नेपालले मात्रै बचाउन सकेको बताए । उनले अरु देशबाट सहायता पनि लिन सकिने बताए । जलवायु परिवर्तनको असर गम्भीर बन्दै गएको बताए । पोलुसनमुक्त देश बनाउन लाग्नुपर्ने बताए ।








